Rule 152
पाँच वर्षसम्म नोकरी छाड्न नपाउने
: (१) कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले आफू नियुक्ति भएको पाँच वर्षसम्म नोकरी छोड्न पाउने छैन ।
तर कुनै सशस्त्र प्रहरी कर्मचारीलाई मनासिब माफिकको कारण परी नोकरी नछोडी नहुने अवस्था परेमा निजले कारण खोली राजपत्राङ्कित सशस्त्र प्रहरी कर्मचारीले नेपाल सरकार समक्ष र राजपत्र अनङ्कित सशस्त्र प्रहरी कर्मचारीले प्रहरी महानिरिक्षक समक्ष निवेदन गर्नु पर्नेछ र कारण  मनासिब भएमा त्यस्तो सशस्त्र प्रहरी कर्मचारीलाई नोकरी छाड्न अनुमति दिन सकिनेछ ।
(२) उपनियम (१) बमोजिम नोकरी छोड्ने सशस्त्र प्रहरी कर्मचारीलाई नेपाल सरकारबाट लगानी भएको रकम असुल उपर गरिनेछ ।